अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

विश्व भ्रमणमा रहेका योगीहरू लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आउने

बिआरटीनेपाल २०७५ मंसिर १३ गते १५:२८ मा प्रकाशित

भोलि शुक्रवार ३० नोभेम्बर विश्व प्रसिद्ध परमाहंस नित्यानद स्वामीज्यूका चेलाहरू लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आउने भएका छन् । विश्व भ्रमणमा निस्केको उक्त टोलीको लसएन्जलसको नेपालीहरूको मन्दिरमा पनि आउने भएका हुन् । नेपालीहरूको लामो समय सम्मको अथक प्रयास पछि निर्मित यो मन्दिरको स्थापनामा खुसी व्यक्त गर्दै भगवान् शिवजीको दर्शनार्थ पनि त्याहा पुग्ने चाहना देखाएका हुन् ।

उक्त भ्रमण टोलीमा महायोगिनी, महा योगी तथा बाल योगी तथा बाल योगिनीहरु गरी ५ जना को उपस्थिति रहने छ । सो अवसरमा आफ्ना दुवै आँखामा पट्टी बाँधेर पनि अरू सँग भएको कुराहरू तेस्रो आँखाले देख्न सक्ने र पढ्न सक्ने क्षमताको प्रदर्शन गर्ने भएका छन् । हरेक व्यक्तिमा निहित उक्त तेस्रो आँखाको शक्तिलाई आध्यात्मिक चिन्तन र साधना द्वारा सक्रिय पार्न सकिने कुरामा स्पष्ट परिने भएको छ । पहिलो चोटि यस्ता अन्तर्राष्ट्रिय स्तरका योगीहरूको आगमनले आफू हर्षित बनेको कुरा संस्थाका नव निर्वाचित अध्यक्ष गोकुल पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू