अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

रुस र युक्रेनबीच विवाद चुलिंदै, नौसैनिक पानीजहाज सहयोगको नेटो संग आग्रह

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:५९ मा प्रकाशित

रुससँगको टकरावपछि युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले नेटोसमक्ष सहयोगका लागि नौसैनिक पानीजहाजको आग्रह गर्नुभएको छ । अघिल्लो साता रुसले अजोभ सागरमा युक्रेनका तीववटा नौसैनिक पानीजहाजलाई आक्रमण गरी नियन्त्रणमा लिएपछि राष्ट्रपति पोरोशेन्कोले नेटोसमक्ष यस्तो आग्रह गर्नुभएको हो ।

जर्मन पत्रिका विल्डसँगको अन्तर्वार्तामा राष्ट्रपति पारोशेन्कोले नेटोले नौसैनिक पानीजहाज पठाउनेमा आफु विश्वस्त रहेको भन्दै यसले युक्रेनको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।रुसले अजोभ सागरमा आफ्नो कब्जा जमाउन खोजेको उहाको आरोप छ । ।

अब आफुहरुले रुसी आक्रामक नीति नसहने भन्दै राष्ट्रपति पोरोशेन्कोले यसपछि रुसले थप के हर्कत गर्न सक्छ भन्ने कुरा जर्मनी स्वयमले आफुलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पोरोशेन्कोको आग्रहमा कुनै प्रतिक्रिया दिइनसकेको नेटोले रुसी आक्रमणमा भने युक्रेनको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको जनाएको थियो ।

दुई देशबीचको सम्बन्ध विग्रदै जाँदा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले भने आगामी निर्वाचनमा आफ्नो पकड जमाउन राष्ट्रपति पोरोशेन्कोले नौसैनिक विवादलाई उचालीरहेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू