अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

राजधानीमा बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:४३ मा प्रकाशित

राजधानीमा एक वालकको अपहरणपछि हत्या भएको छ । २ दिनअघि काठमाडौं बालाजुबाट अपहरणमा परेका एक ८ वर्षीय बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् । बालाजुस्थित स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुवँरका ८ वर्षीय छोरा प्रयास कुँवरको सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख सिंहका अनुसार बालकको शव बिहीबार बालाजुकै मैपीस्थित मित्रनगरको एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो । प्रहरीले बालक अपहरणमा संलग्न कार्कीलाई बिहीबारै पक्राउ गरी आवाश्यक कारवाही प्रकृया अघि बढाएको जनाएको छ ।

स्याङ्जा घर भएका सार्कीले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् । हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उनले स्विकारेका हुन् । एसएसपी सिंहका अनुसार सार्कीले हत्या गरेको स्विकारेपछि उनले भनेको ठाउँमा गएर हेर्दा शव भेटिएको थियो । सार्कीले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक प्रविण कुवँर नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । मालिक रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर वालकलाई फकाएर ककनी रानिवारी लगेको अनुसन्धानका क्रममा खुलेको छ । सार्कीले अपहरण गरुेको दिनै वालकको भाँटी थिचेर हत्या गरेका थिए ।

प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए । तर, सुरुदेखि नै उनले मन लगाएर काम गरेका थिएनन् । राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला मालिकले उनलाई झपार्ने गरेको सार्कीले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू