अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

सर्लाहीमा लेकाली सम्मानित

मैया लामिछाने २०७५ मंसिर १३ गते ७:४१ मा प्रकाशित

सर्लाही, अनेसास जनकपुर र सर्लाही साहित्य समाजको आयोजनामा अनेसासका अध्यक्ष राधेश्याम लेकालीलाई बधाई तथा सम्मान कार्यक्रमका साथमा रचना वाचन कार्यक्रम २०७५/०८/०८ गते सर्लाहीको चन्द्रनगर गाउँ पालिकाको सुन्दर शान्त विशाल नाडिमन तालमा सु सम्पन्न गरियो ।

उक्त कार्यक्रमको सञ्चालन अनेसास जनकपुर सचिव मैयाँ लामिछाने र स्रष्टा सरोज कुमारले गर्नु भएको थियो।कार्यक्रममा सभाध्यक्ष अनेसास जनकपुरका तोयाराज घिमिरे, प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुङ्गेली, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल,लालबन्दी न पा का उप मेयर शान्ता लामा, वासुदेवलाल दास( इतिहासविद्), अतिथिमा राजेन्द्र केसी अनेसास BOT सदस्य र चलचित्रकर्मी, मिथिला गौरी शंकरका साहित्य संयोजक धनलाल योञ्जन, राजेन्द्र विमल एकेडेमीका अध्यक्ष महेन्द्र कुमार मिश्र, सर्लाही साहित्य समाजका अध्यक्ष मिना देवकोटा, साहित्यकार राधा कोइराला, तुलसा भट्टराई, रेडियो ढुक ढुकी प्रतिनिधि, पत्रकारहरू,मोतीलाल जैन, सर्लाही साहित्य समाज हरिवन शाखा संयोजक घनश्याम पन्त, लाल बन्दी बहुमुखी क्याम्पसका अध्यक्ष रेणुकान्त ढुङ्गाना, लाल बन्दी जेसिसका संस्थापक मनोज बख्रेल, लगायत स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीको गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल र प्रदेश सभा सदस्य बेची लुङ्गेलिको हातबाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीलाई बधाई तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो । 

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय नारी सम्मेलन सिक्किम सम्म पुर्‍याएको र साहित्यमा गरेको योगदानको कदर गर्दै अनेसास जनकपुर र सर्लाही साहित्य समाजले निला घिमिरे (धनुषा), राजेश्वरी काफ्ले (सर्लाही), मैयाँ लामिछाने (सिन्धुली), प्रविना पल्लवी (महोत्तरी) लाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । विभिन्न वक्ताहरूले आफूले साहित्य सिर्जना गर्न नसके नि संरक्षण गर्न सकेको पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथमा ३५ जना स्रष्टाले भव्य रचना वाचन गर्नु भएको थियो । सर्लाही साहित्य समाजले “साहित्य र पर्यटनसँगै” भन्ने मूल नारा सहित सुन्दर ठाउँ चन्द्रनगर गाउँ पालिकाको नाडिमन तालमा बोटिङ्ग सहित साहित्यिक कार्यक्रम सप्पन्न गर्‍यो ।

भिडियो लिन्क
https://www.facebook.com/rlekali/videos/10210375750710469/

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू