अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नेकपाका २२ भाइलाई प्रचण्डको आश्वासन– म तपाईँहरुसँगै छु

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ९:१३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट २२ केन्द्रीय सदस्य र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच भेटवार्ता भएको छ । डा. विजय पौडल, ठाकुर गैरेलगायत २२ असन्तुष्ट २२ केन्द्रीय सदस्यलाई निवासमा बोलाएर अध्यक्ष प्रचण्डले गम्भीर छलफल गरेको समाचारमा जनाईएको छ । करिव डेढघन्टा भएको छलफलमा अध्यक्ष प्रचण्ड निकै गम्भीर देखिएको नेता गैरेको बताउनुभयो ।

बिहीबारदेखि शुरू भएको सचिवालय बैठकको पूर्वसन्ध्यामा केन्द्रीय सदस्यहरूले पार्टी महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका थिए । केन्द्रीय सदस्यले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले खासै वास्ता नदिएको स्रोतको दाबी छ । अध्यक्षले नै पन्छाउन खोजेपछि सचिवालय सदस्य वामदेव गौतमले छलफलको अजेन्डा बनाउनुपर्ने अडान लिएपछि बिहीबारको बैकठमा केन्द्रीय सदस्यले उठाएको विषयको गाम्भीर्यता बैठकले महसुस गरेको थियो ।

केन्द्रीय सदस्यले उठाएको पोलिटव्युरो गठन गर्ने, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक डाक्ने विषय यसपटक पनि पन्छाइने सम्भावना बढेपछि ज्ञापन पत्र बुझाउने केन्द्रीय सदस्यहरूले अध्यक्षलाई भेटेरै ध्यानकर्षण गराउने चाहेको बुझेपछि प्रचण्डले निवासमा बोलाएको वुझिएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेताहरुको मागमा आफुपनि संगै रहेको बताउनुभयो ।
पोेलिट्व्युरो गठन, केन्द्रीय सदस्यको न्यायोचित कार्य्विभाजनमा अध्यक्ष प्रचण्ड निकै गम्भीर भएको आफुहरुले पाएको असन्तुष्ट पक्षको प्रतिनिधित्व गरिरहेका माधव अर्यालले बताउनुभयो । केन्द्रीय सदस्यले उठाएका कुरामा सैद्धान्तिक रूपमा विमति नदेखाउको र व्यवहारमै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी नेताहरुको भनाई छ ।

सरकारको कामप्रति प्रचण्ड पनि सन्तुष्ट नदेखिएको बताउँदै एक केन्द्रीय सदस्यले सरकार र पार्टीलाई गति दिनुपर्ने कुरामा प्रचण्डको पनि जोड रहेको उल्लेख गरेका छन् । सचिवालय बैठकमा यो विषय घनिभूत रूपमा छलफल हुने नेकपा श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू