अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने ४२ जना आप्रवासी पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ८:३६ मा प्रकाशित

अमेरिकी सिमा सुरक्षा बलले मेक्सिकोको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ । अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्बन्धी विवाद हुँदै आएको छ । अमेरिकाले आप्रवासी नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गरेको छ । तर, मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न धेरै मुलुकका आप्रवासी सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रण गर्न मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू