अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भएको श्रम मन्त्री विष्टको भनाई

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ८:३१ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भएको बताउनुभएको छ । मन्त्री विष्टले अबदेखि श्रमिकमा काममा प्रतिबद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाँले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने उहाँको भनाइ छ । श्रमीकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने उहाँले बताउनुभयो । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्ने उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू