अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४
| Colorodo: 09:29
राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको उद्योगका सञ्चालक कार्कीले बताउनुभयो ।
आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रुपमा नष्ट भएका छन् । टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।