अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

सीके राउतको पेनड्राइभ झिकाउन सर्वोच्वको आदेश

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:५६ मा प्रकाशित

सर्वोच्च अदालतले सीके राउतको पेनड्राइभ झिकाउन आदेश दिएको छ । राज्यविरुद्धको अपराधको मुद्दाको अनुसन्धानका क्रममा रौतहटमा थुनामा रहेका राउतको पेनड्राइभ झिकाउन आदेश दिएको हो । सरकारी पक्षले राउतले राज्यविरुद्ध अपराध गरेको प्रमाण राउतको पेनड्राइभमा रहेको बताएपछि अदालतले उक्त पेनड्राइभ दाखिला गर्न आदेश दिएको हो ।

सोमबार न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको आदेशमा प्रस्तुत मुद्दाको प्रमाणको रुपमा उल्लेखित पेनड्राइभ दाखिला भएको नदेखिँदा उक्त पेनड्राइभ महान्यायाधिवक्ताको कार्यालयमार्फत अविलम्ब दाखिला गराई सो पेनड्राइभ हेर्ने समुचित व्यवस्थासमेत मंसिर १२ को पेशी तोकी राउतलाई समेत अदालतमा उपस्थित गराउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू