अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

पोखरा सभागृहमा स्टाइल वार्स २०१८ हुने

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:५० मा प्रकाशित

पोखरामा आउँदो शनिबार स्टाइल वार्स २०१८ हुने भएको छ । द सौलमेट्स क्रियुको आयोजनामा पहिलो पटक पोखरामा हुन लागेको कार्यक्रममा भारत, कोरिया,चाइना, अष्ट्रेलिया लगायत नेपालका विभिन्न स्थानका प्रतियोगिहरुको सहभागिता रहने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । स्टाइल वार्स मार्फत नेपालमा हिपहप कल्चरको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्रियु मेम्बर प्रिन्स तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली समाजमा बिबोइङलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । त्यसैले बिबोइङको विकास सम्बद्र्धनका लागि पनि कार्यक्रमको आयोजना गरिएको तुलाचनको भनाई थियो ।

स्टाइल वार्स एउटा अन्तराष्ट्रिय हिपहप फेस्टिबल हो जसमा थुप्रै अन्तराष्ट्रिय स्तरका प्रतियोगीहरुको सहभागिता रहने गर्दछ । स्टाईल वार्समा बिबोइङ, ग्रयाफिटी र्यापसेसन, डिजेइङ, लाइभ स्केटकिङगस् ,म्युजिक लगायतका कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । चाइना, अष्ट्रेलिया र पोखराको गरि ३ जना जजको सहभागितामा कार्यक्रम सम्पन्न गरिने छ । सन् २०१३ मा पोखराबाटै स्थापना भएको क्रियुले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू