अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

वाईडवडी जहानको स्वामित्व नेपाल बायु सेवा निगम संगै– पर्यटनमन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:३५ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले वाइड बडी जहाजको स्वामित्व नेपाल बायु सेवा निगमसँग नै रहेको बताउनुभएको छ । पोखरामा स्थानीय तह पूर्वाधार विकास कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा पत्रकारले वाइड बडी जहाज सम्बन्धि जिज्ञासा राखेपछि उहाँले यस्तो बताउनुभएको हो ।

साथै उहाँले वाइडवडी विमान खरिद प्रक्रियामा दोषी पाइएमा जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । मन्त्रालय, संसदको लेखा समिति लगायत विभिन्न समितिले छानबिन गरिरहेको र छानविनका लागि आवश्यक सहयोग गर्ने पनि मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै छानबिनका क्रममा त्रुटी फेला पारेमा जिम्मेवार व्यक्तिहरुलाई कार्वाही गर्ने उहाँको भनाई छ ।

विमान खरिदमा भएको क्षतिको क्षतिपूर्ति समेत तिराइने भन्दै मन्त्री अधिकारीले वाइड वडी विमान सिधै कम्पनीबाट नभई एजेन्टमार्फत खरिद गरेको पाइएको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले नेपालमा एउटा एउटा इस्यु उठाइने गरेको चर्चा गर्दै वाइड बडीको विषय उठाएर नेपाल एयरलाइन्सलाई असफल पार्न खोजिएको आशंका व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले वाइड वडी विमान खरिदमा आफू र यो सरकारको संलग्नता नरहेको जिकिर गर्नुभयो । जहाज खरिद सम्बन्धि भएका विभिन्न निर्णयहरुको मिति समेत उल्लेख गर्दै मन्त्री अधिकारीले अघिल्लो सरकारले नै सबै प्रक्रिया पूरा गरेको बताउनुभयो ।

यसअघि मन्त्री अधिकारीले स्थानीय तह पूर्वाधार विकास कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । उहाँले योजना कार्यान्वयनको जिम्मेवारी पोखरा महानगरपालिकाको मेयर र वडाअध्यक्षहरुको  रहेको बताउनुभयो । मन्त्री अधिकारीलेअनुगमन जिल्ला समन्वय समितिले गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश तहका सांसदहरुको सल्लाहमा कास्कीको निर्वाचन क्षेत्र नं. २ मा विभिन्न योजना तय गरिएको बताउनुभयो । विनियोजित बजेट मध्ये अधिकांश रकम सडक र पुल निर्माणमा छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू