अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

प्रकाश राईको अध्यक्षतामा युक्राको डिएमभिपी च्याप्टर गठन

बिआरटीनेपाल २०७५ मंसिर ९ गते २१:२८ मा प्रकाशित

किराँत राई अर्गनाइजेशन अफ अमेरिकाले प्रकाश राईको नेतृत्वमा डिएमभिपी (DMVP) च्याप्टरको गठन गरेको छ । नोभेम्बर २२ का दिन युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपि मेरिल्याण्ड च्याप्टरले रकभिलमा आयोजना गरेको छिरिनाम साकेला (उधौली) ५०७८ को शुभकामना आदानप्रदान तथा नयाँ कार्यसमितिको चयन गरिएको हो ।

राईको अध्यक्षतामा गठन गरिएको उक्त डिएमभिपी च्याप्टरको उपाध्यक्षमा समिता राई, महासचिवमा हर्क राई र कोषाध्यक्षमा सरिता राई रहेका छन् भने सदस्यहरूमा जेनिला राई, प्रीति राई, सन्तोषी राई, प्रितम राई र रणवीर राई छन् । साथै सचिव पदका लागि नयाँकार्यसमितिले निर्णय गरेर पछि मनोनीत गरिने बताएको छ ।

त्यस्तै डिएमभिपी च्याप्टरको कार्यसमिति बैठकले प्रमुख सल्लाहकारमा मिलन राई र केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राईलाई च्याप्टरको बैठकले चयन गरिएको च्याप्टरका अध्यक्ष प्रकाश राईले बताएका छन् ।

सोही अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई रामचन्द्र राईले खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए । त्यस्तै डिएमभिपीको केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राईलाई चयन गरिएको छ भने मिलन राईलाई प्रमुख सल्लाहकारको रूपमा चयन गरिएको बताइएको छ ।

युक्राका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष मिलन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सुरुवातमा पारुहाङ सुम्निहा तथा यलम्बरको तस्बिरमा फुल चढाइएको थियो ।

अमेरिकीको थ्याङ्स गिभिङ् चाडको दिन आयोजना गरिएको उक्त, शुभकामना आदान–प्रदानमा सहभागीहरूले दुवै चाडको महत्त्व बारे चर्चा गरिएको थियो भने दोश्रोचरणमा भएको छलफलले वासिङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया (डिएमभिपि)च्याप्टरको पुनः गठन गरेको हो ।

त्यसै गरी कार्यक्रममा नेपालबाट सहभागी पाहुना र डिएमभिपि क्षेत्रमा बसाई सरि आउने नयाँ आगन्तुकहरुलाई स्वागत सम्मान गरिएको थियो । साथै कार्यक्रममाको बिच बिचमा एकाआपसमा साकेला तथा अन्य नाचगान र मनोरञ्जन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू