अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

बागलुङको ढोरपाटनमा भीषण आगलागी, ३० घर जलेर नष्ट

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:४४ मा प्रकाशित

बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा भएको भीषण आगलागीमा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । स्थानिय नवीगाउँमा विहान २ बजेदेखि लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताउनुभयो । नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको नेतृत्वमा सेना र ढोरपाटन शिकार आरक्षका कर्मचारीको टोलीले बिहान मात्रै आगो नियन्त्रणमा लिएको थियो ।

चिसो मौसमका कारण स्थानीय घुम्ती बसाइँका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो । नेपाली सेना र आरक्षका कर्मचारीको टोलीले सम्पूर्ण गाउँ नै आगो लाग्नबाट बचाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने जनाईएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घरको संख्या बढ्न सक्ने छ बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू