अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

सरकार र डा. केसीबीचको सम्झौता कार्यान्वयन हुने शिक्षामन्त्री पोखरेलको भनाई

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:४३ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गाविन्द केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरूलाई आग्रह गर्नु भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा छलफल गर्न गठित संसदीय उपसमितिको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकार र डा. केसी बीचको सहमति कार्यान्वयन हुने बताउनु भएको हो ।

सरकार र डा. केसीबीच गत साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नौँ बुँदे सम्झौता भएको थियो। समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने, सङ्घीय संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अक्षरशः लागू गर्नुपर्ने उल्लेख छ । राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ । आज विधेयकको दफा १६ सम्मको छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू