अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६
| Colorodo: 08:11
सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गर्नु भएको छ । समितिको आज बसेको बैठकमा सांसदहरूले विमान खरिदबारे प्रश्न गरेका छन् । ‘हवाई सेवामा संलग्न व्यवसायीहरूका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन दिने गर्छन् भनिन्छ तर २४ अर्वको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्व ४० करोड कता गयो ?’ समितिको लिखित प्रश्नमा भनिएको छ ।
जहाजको स्वामित्व निगम वा अरुसँग छ भन्दै सांसद्ले जवाफ मागेका छन् । वाइड बडी जहाज खरिद सन्दर्भमा मन्त्रालयबाट गठन गरिएको छानविन समितिमा खरिद पक्रियामा संलग्नलाई राखिएको समितिले भनेको छ । संलग्नहरु नै रहेको छानविन निष्पक्ष भयो भन्ने आधारपनि नरहेको भन्दै लेखा समितिले छनविनको माग गरेको छ ।