अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

कांग्रेस पार्टी कार्यालयमा नेविसङ्घको धर्ना

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:३४ मा प्रकाशित

नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएको छ । उसले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो ।

पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताउनुभयो । नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसङ्घको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको उल्लेख गर्नुभयो ।

नेविसङ्घको विधानमा निर्वाचन भएको दुई बर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १ गते बसेको बैठकले नेविसङ्घको समयावधि दुई महिना थप गरेको छ । यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको काङ्ग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो । अर्को बैठक १३ गते बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू