अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

उपचारका लागि निर्मला पन्तका बुबालाई लठ्याएर काठमाण्डौं लगियो

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:३३ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको छ । छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै पछिल्ला दिनमा धर्नामा बसेका बाबु यज्ञराजले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि उहाँलाई हिजो धनगढीबाट जहाजमा काठमाण्डौं ल्याउन प्रयास गरिएको थियो ।

तर विमानस्थल स्रोतले विमानबाट लान नसकिने जनाएपछि उहाँलाई पुनः सेती अञ्चल अस्पताल लगिएको थियो । यज्ञराजलाई शनिबार राति १० बजे सेती अञ्चल अस्पतालबाट निजी गाडीमा काठमाडौं हिँडाईएको थियो । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजलाई काठमाडौं पठाइएको हो । यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै काठमाडौं पठाईएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी सहायक निरिक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसँगै काठमाडौं आइपुगेको छ । छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै यज्ञराज सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बस्नुभएको थियो । धर्नामा बस्दा शारिरीक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामा समेत खराबी आएको थियो । काठमाडौं ल्याइपुर्याइएका पन्तलाई अहिले शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उहाँलाई डा. तिर्थमान श्रेष्ठको टोलीले उपचार सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू