अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९
| Colorodo: 02:24
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल सुरु भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सो विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय भने भएको छैन । यसबारे भोलि गृहकार्य गर्ने र पर्सि सचिवालय बैठक बसेर थप छलफल गर्ने सहमति प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यको कार्यबिभाजनको टुंगो लगाएपछि मात्रै जनवर्गिय संगठनको एकिकरणको प्रयास सुरु गरिने श्रेष्ठले बताउनुभयो । लामो समयसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्न नसक्दा पार्टीभित्र असन्तुष्टी चुलिँदै गएको छ ।