अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

उत्तरी क्यालिफोर्नियामा लक्ष्मी जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर ७ गते २१:०८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा उत्तरी क्यालिफोर्नियामा यो वर्षको १०९ औँ लक्ष्मी जयन्ती १७ नोभेम्बरमा सफलतापूर्वक मनाइयो। विशुद्ध साहित्यिक माहौलमा फरक ढङ्गले मनाइने यो कार्यक्रम डेविस सहरले आयोजना गरेको यो तेस्रो वर्ष हो। वरिष्ठ सङ्गीतकार मदन दिपविम, स्रष्टा नवराज कार्की, वासु ढकाल, सर्वज्ञ वाग्ले लगायत सम्पूर्ण साहित्यनुरागी स्थानीय तथा सानफ्रान्सिस्को वे एरियाका नेपालीहरूको सहभागिता र सहयोगमा उक्त कार्यक्रम करिब ४ घण्टा चलेको थियो । कार्यक्रममा भाषण गर्ने, आसन ग्रहण गराउने, भूमिका बाँध्ने जस्ता औपचारिक पक्षलाई निषेध गरिएको थियो ।

करिब सयको हाराहारीमा उपस्थित भेलाबिच विकल्प फ़ाउन्डेशनका तथा अन्य स्थानीय कलाकारहरूले लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित गीत गाउनुका साथै स्रष्टाहरूले करिब तीस वटा कविता र गजल सुनाएर दर्शकलाई मनोरञ्जन गराएका थिए। संधैको वर्षझैँ, साहित्यकार त्रय निरञ्जन वाग्ले, प्रमोद अमात्य र महेश गौतमको संयोजनमा स्थानीय साहित्यनुरागि महिला समुदायको विशेष सहयोगमा सम्पन्न भएको यो कार्यक्रम अत्यन्त शान्त र व्यवस्थित वातावरणमा चलेको थियो। यो कार्यक्रमलाई वहुप्रतिभाशाली कलाकार बाबु आचार्यले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू