अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

मुलुक समृद्धिको यात्रामा अघि बढ्यो– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:१७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको सडक सञ्जाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गर्नुभयो । भारतलाई स्वतन्त्र बनाउन पनि शिख समुदायले उल्लेख्य योगदान दिएको तथ्य समेत उहाँले सो अवसरमा स्मरण गर्नुभयो ।

यसैवीच, शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन् । त्यस अवसरमा अध्यक्ष प्रचण्डले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गर्नु भयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू