अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

ग्यान्स तेस्रो सम्मेलनबारे सूचना

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ११:३५ मा प्रकाशित

यही नोवेम्बर २० मा बसेको ग्यान्स कार्य समितिको बैठकले ग्यान्सको तेस्रो सम्मेलन बारे विस्तृत निर्णय गरेको छ जसलाई सबैको जानकारीका लागि हार्दिक अनुरोध गर्दछौँ ।

१) मिति, समय र स्थानः
February 10, 2019 Sunday, 1 to 5pm
Wells Branch Community Center
2106 Klattenhoff Dr
Austin, TX 78728

२) निर्वाचन आयोग
विधान अनुसार सर्बसम्ममत या निर्वाचनबाट नयाँ नेतृत्व निर्वाचित गर्न आवश्यक प्रकृयालाई सरलिकृत गर्न प्रमुख डा. कमल अधिकारी र सदस्यहरू राजेश्वर निरौला र हेमेन्द्र श्रेष्ठ रहेको ३ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ ।

३) विधान तथा प्रतिवेदन समिति
सम्मेलनमा प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदन तयार पार्नका साथै नेपाली सामुदायिक केन्द्र (Nepali Community Center) सम्बन्धी विनियम सहित विधान परिमार्जनका लागि प्रस्ताव तयार पार्न देवराज न्यौपाने, प्रदुम्न श्रेष्ठ, सुदिप दाहाल, धर्मानन्द गौतम, रिता दवाडी र बालकृष्ण न्यौपाने रहेको ६ सदस्यीय समिति गठन गरिएको छ ।

४) आर्थिक समिति:
सम्मेलनमा प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन तयार पार्न सङ्गठनका आजीवन सदस्यता ($150.00) या २ वर्षको लागि साधारण सदस्यता ($10.00) लाई विस्तार गर्न विदुर खतिवडा, भोजराज भट्ट, शर्मिला भट्ट र नारायण रिजाल रहेको ४ सदस्यीय समिति गठन गरिएको छ । हामी सबैलाई भरिसक्या आजीवन नभए साधारण सदस्यता लिई दिनु हुन पनि हार्दिक आग्रह गर्दछौँ ।

५) वेबसाइट समिति
ग्यान्सको वेबसाइट www.ourgans.org लाई व्यवस्थित गर्न सुदिप दाहाल, सकुल कोइराला, विदुर खतिवडा र प्रदुम्न श्रेष्ठलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया