अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियोः सरकार

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ९:१२ मा प्रकाशित

सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताउनुभयो ।

कतिपयले जान अन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको मन्त्री वास्कोटाले बताउनुभयो ।

सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाइएको उल्लेख गर्दै वास्कोटाले १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको स्पष्ट पार्नुभयो । राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको उल्लेख गर्देै प्रवक्ता बास्कोटाले यस्तो बिषय सरकारको आफ्नो कर्तव्यको विषय रहेको अवगत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू