अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

पोखरामा ठुलो मात्रामा लागुऔषध, कार र नगदसहित २ जना पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ९:०० मा प्रकाशित

पोखरामा ठुलो मात्रामा लागुऔषध बिक्रि वितरण गर्ने ब्यक्ति पक्राउ परेका छन् । पोखरा – ११ तुल्सीमार्ग स्थित सडक छेउमा पार्कीङ गरी राखेको २ वटा कार र नगद सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला घर भई पोखरा– ९ नयाँबजार बस्ने ३८ बर्षीय उदय कुमार गुप्ता र तनहुं ब्यास नगरपालिका–११ भादगाउँ घर भई पोखरा– ११ रानीपौवा बस्ने ३३ बर्षिया गिता भनिने मनु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई लागुऔषध र नगद सहित ग २ च ८३६३ नम्बरको कारबाट पक्राउ गरेको र सँगै शंकास्पद अबस्थामा रहेको अर्को ग १ च ४३२७ को कार पनि लागुऔषधसहित फेला परेको गुरुङ्गले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नर्फिन ३ सय ९१, डाईजापाम ४ सय ४, फेनरागन ३ सय ८१ गरि १ हजार १सय ७६ थान लागुऔषध, २४ बोतल फेन्सीडायल, २ लाख ४२ हजार ३ सय ३७ नेपाली रुपैया तथा ७ हजार ७ सय ३० भारतिय रुपैया, सुन जस्तो देखिने ४ तोला ८४ लालको सिक्री, बैक तथा आई.एम.ई. रेमिट जम्मा भौचर बरामद गरेको डिएसपी गुरुङले जानकारी दिनुभयो । कास्की प्रहरीको १२ वुँदे कार्ययोजना अन्तर्गत नियमित रुपमा हप्तामा १ दिन गरिने स्वीप अपरेसन अन्तर्गत बुधबार बडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाईएको छ ।

गुप्ता यस अगाडी २०७०/ ७१ सालमा लागुऔषध मुद्दामा पक्राउ परी २ बर्ष कैद सजाय भोगि १ लाख रुपैया जरिबाना तिरी छुटेका अभियुक्त समेत रहेको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू