अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बैठक बस्ने

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:५१ मा प्रकाशित

सरकारका काम र पार्टी एकता प्रकृयाबारे छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार दिउँसोदेखि बसेको बैठक पार्टी एकताका विषयमा छलफल मात्र गरेर टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको वैठकमा पार्टीको प्रदेशमा रहनेहरूको नाम र केन्द्रीय समितिको कार्य्विभाजन गर्ने विषयमा टुंगो लगाउन बनेको महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको कार्यदलले आफ्नो प्रस्ताव पेस गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटिमा २ सय सदस्य रहने प्रस्ताव उक्त कार्यदलले गरेको छ । सचिवालय बैठकले प्रदेश संगठनमा कति र को/ को रहने भनेर अन्तिम प्रस्ताव तयार गर्ने, सांगठनिक एकताका सबै प्रकृयाका बारेमा टुंगोमा पुग्ने, केन्द्रीय समितिको कार्यविभाजन गर्ने लगायतका विषयमा निर्णय गर्ने बताईएको छ । सचिवालय बैठक भोलि दिउँसो २ बजे बालुवाटारमा पुनः बस्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू