अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने टिप्पणी गर्नुभयो ।

मन्त्री र कर्मचारीले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्नेमा जोड दिदै उहाँले नीति, बैठक, छलफल, सुझावमा धेरै समय नविताई काममा प्राथमिकता दिन निर्देशन दिनुभयो । कार्यालय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडाउने तयारी छ कि छैन भनेर जिज्ञासा राख्नु भएको थियो । नेपाल वायु सेवा निगम घाटामा जानुको कारण बारे पनि प्रधानमन्त्री ओलीले चासो राख्नु भएको छ ।

प्रधानमन्त्री ओलीले वन मन्त्रालयलाई वृक्षारोपणमा मात्र होइन कृषि वन बढाउन आग्रह गर्नुभयो भने संघ,प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने बताउनुभएको छ । आजको समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले प्रगति विरण पेश गर्नुभएको थियो । बाँकी मन्त्रालयको प्रगति समिक्षा बैठक पर्सि शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू