अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

मलेसियामा एक नेपालीको शव भेटियो

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:५५ मा प्रकाशित

मलेसियामा एक नेपालीको शव भेटिएको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ ।

मृतकको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेटिएको समाचारमा उल्लेख छ । उनले सुरक्षा गार्डको पोशाक लगाएको प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ । मृतक नेपाली भएको प्रहरीले बताए पनि उनको परिचय भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू