अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

चुनावी राजनीतिबाट संन्यास लिने भारतीय विदेशमन्त्री स्वराजको घोषणा

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:५३ मा प्रकाशित

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गर्नुभएको छ । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो ।

निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उहाँले बताउनुभयो । सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित सुष्मा स्वराज भारतको विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुनुहुन्छ । भारतको सर्वाेच्च अदालतकी अधिवक्ता समेत रहेकी स्वराज मृगौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ ।

सन् २०१६ मा मृगौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्यका कारण संन्यासको घोषणा गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू