अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

सुनसरीमा गोली प्रहार गरी १ जनाको हत्या

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:४३ मा प्रकाशित

अज्ञात समूहले सुनसरीको दुहबीमा एक जनालाई गोली हानी हत्या गरेको छ । दुहबी नगरपालिका ९ घर भई स्थानीय जय बाबा इँटा उद्योगमा कार्यरत ५४ वर्षीय मो. फिदा हुसेनको हत्या भएको हो । बिहान घुम्न निस्केका हुसेनलाई पछाडीबाट मोटरसाइकलमा आएका दुई जनाले प्रहार गरेको गोली लागेर घाइते भएका थिए ।

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनलाई बिहान साढे ६ बजेतिर अज्ञात समूहले गोली हानेको थियो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

हुसेन दुहबी नगरपालिका वडा ९ का वडा अध्यक्ष मो. महदी हुसेनका भाइ रहेको जनाईएको छ । हुसेनको हत्या विरोधमा स्थानीयबासीले दुहबी बजारमका सडकमा टायर बालेर आन्दोलन गरेका छन् । यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको पनि गोली हानी हत्या गरेको थियो । आलमको हत्यारा समेत अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यसैवीच, प्रहरील हत्यामा संलग्न रहेको आशंकामा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन् । सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू