अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

काग्रेस संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा रहेको सभापतिको भनाइ

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:३९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको छ । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दाबी समेत गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेका थिए । सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू