अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै नेकपाका यूवा नेताद्धारा नेतृत्व समक्ष ज्ञापनपत्र पेश

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका ३ दर्जन यूवा केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । बुधवार एमाले संसदीय दलको कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेललाई उक्त ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले बताउनुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरिएको ज्ञापनपत्र उनीहरूले समय नदिएपछि महासचिव पौडेललाई बुझाएको जानकारी दिनुभयो ।

नेकपा एमाले र माओवादी बीच गएको वैशाखमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । एकिकरण पछि बनेको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । नयाँ बनेको दल नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य रहेका छन् । ज्ञापनपत्रमा पार्टी एकीकरणको काम छिटो सक्नुपर्ने लगायतका माग समावेश गरिएको छ ।

ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरूमा रामकुमारी झाँक्री, ठाकुर गैरे, जयन्ती राई र जगन्नाथ खतिवडा लगायतका हुनुहुन्छ । तल्लो तहका नेतृत्व छनोट गर्दा मापदण्ड निर्धारण गरेर गर्नुपर्ने लगायतका माग युवा नेताहरुले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू