अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

कर्मचारी बचत वृद्धिको अवकास कोषमा कर लाग्ने

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ६:४८ मा प्रकाशित

नागरिक लगानी कोषले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा फिर्ता भुक्तानी गर्दा लाग्ने करको विषयमा आएका समाचारले दुविधा सृजना गरेको जनाएको छ ।

कोषले प्रेस विज्ञप्ती जारी गरि यसबारे जानकारी गराएको छ । जसमा स्वीकृत अवकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै कर नलाग्ने, ५ लाख रुपैयाँभन्दा माथि १० लाख रुपैयाँसम्म ५ प्रतिशत र १० लाख रुपैयाँभन्दा माथि जम्मा भएको रकम फिर्ता भुक्तानी हुँदा उक्त रकमको ५० प्रतिशत घटाई बाँकी रकमको ५ प्रतिशत कर कट्टि गरी भुक्तानी हुने ब्यवस्था यथावत  रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू