अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

वित्तिय संघीयता कार्यान्वयनमा धेरै कठिनाई रहेको : अर्थमन्त्री

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ६:४६ मा प्रकाशित

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्यवनमा धेरै कठिनाइहरु रहेको बताएका छन् । मंगलबार सार्वजानीक वित्तिय व्यवस्थापन सम्बन्धी तेस्रो राष्ट्रिय गोष्ठीमा उनले अहिलेको अवस्था वित्तिय संघीयता कार्यान्वयनमा धेरै कठिनाइ रहेको भन्दै त्यसलाई क्रमश हल गर्दै जाने बताएका हुन ।

मुलुकका अझै पनि कत्तिपय कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुको काम सतोषजनक नहरेको उल्लेख गदै उनले सरकारको बजेट कार्यान्यवन र व्यवस्थापनमा कठिनाई रहेको बताए । उनले सम्बनिधत कर्मचारीहरुलाई आफ्नो जिम्मेवारीप्रति प्रतिवद्धता भएर काम गर्न निर्देशन पनि दिए ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक सुरेश प्रधानले पहिलेको तुलनामा कर्मचारीको कार्यसम्पादनमा केही सुधारहरु देखिएको भएता पनि अझै पनि सुधार गर्नु पर्ने आवश्यकता औल्याएका थिए । आर्थिक अनुशासन र वित्तिय व्यवस्थापनमा कोष तथा लेखा नियन्त्रकका कर्मचारीहरुले ध्यान नदिदाँ सार्वजानीक वित्तिय व्यवस्थापन अझ जटिल बन्दै गएको उनले बताए ।

सार्वजानीक वित्तिय व्यवस्थापनको गोष्ठीमा कोष तथा लेखा नियन्त्रण कार्यालयका विभिन्न विद्याका कार्य सम्पादनको क्षेत्रमा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । २ दिने सो गोष्ठीमा सार्वजानीक वित्तिय व्यवस्थापन काठमाडौं घोषणा पत्र २०७५ जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू