अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

अष्ट्रेलियाको मेलवोर्नमा ठूलो शहरमा आक्रमणको तयारी गर्ने ३ जना पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ९:१२ मा प्रकाशित

अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलवार विहान पक्राउ गरिएको समाचारमा उल्लेख छ । ।अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो । पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । गत मार्चदेखि नै ती तीन व्यक्ति प्रहरीको निगरानीमा रहेका थिए, तर नोभेम्बर ९ मा मेलबोर्न आक्रमणपश्चात उनीहरु अझ बढी सक्रिय रहेको पाइएको छ । हाल परिचय नखुलाइएका उनीहरु ३०, २६ र २१ वर्षका छन् । उनीहरुमाथि यसअघि कुनै किसिमको फौजदारी अभियोग नलगाईएपनि उनीहरुलाई विदेश जान नपाउने गरी पासपोर्ट रद्द गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू