अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

वाइड बडी खरिद प्रकरण – लेखा समितिले पर्यटनमन्त्री र निगमलाई बोलायो

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ९:११ मा प्रकाशित

संसदको सार्वजनिक लेखा समितीले वाइड बडी खरिद प्रकरणमा छलफलका लागि सरकारलाई बोलाएको छ । मंगलबार बसेको समिति बैठकले मंसिर ९ गते वाइड बडी जहाजको खरिद प्रकरणको विषयमा छलफल गर्न सम्बन्धित पक्षलाई बोलाएको हो । समितिले छलफलका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल, महाप्रबन्धक सुगतरत्न कंशकारलाई छलफलका लागि बोलाएको हो ।

सुरुमा ठूलो जहाज खरिद भएको र अब वायु सेवा निगममा कयपलट हुने भन्ने र अहिले डुब्न लाग्यो भन्नु विवादास्पद भएको समितिको ठहर छ । समितिले रणनीतिक साझेदारको सहयोगमा ठूलो जहाज खरिद गर्ने निर्णय विपरित भाडामा हो वा खरिद गरेको भन्ने विषय गहन भएको भन्दै छलफलका लागि बोलाएको हो ।

मंगलबारको बैठकमा उपस्थित कांग्रेस सांसद मिनेन्द्र रिजालले ठूलो जहाज खरिद प्रकरणमा छानबिन हुनु पर्ने विषयमा निर्णय गरेको जानकारी दिनुभयो । समिति सदस्यले जहाज खरिद प्रकरणमा छानबिन गर्न सभापति भरत साहलाई अनुरोध गरेपछि समितिले छलफलका लागि सरकारलाई बोलाउने निर्णय लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू