अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

जापानमा परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा एनआरएनको दिवा भोज

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ९:०५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको स्वागतार्थ दिवा भोजको आयोजना गरेको छ । मन्त्री ज्ञवाली जापान सरकारको निमन्त्रणामा अहिले जापान भ्रमणका रहनुभएको छ । आईतबार दिउसो मन्त्री ज्ञवालीको स्वागातार्थ एनआरएन जापानले प्रिन्स होटेलमा दीवा भोज सहितको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।पहिले दिवा भोज र त्यसपछी अंतरक्रिया गरी २ चरणमा सम्पन्न कार्यक्रममा जापान स्थित नेपाली राजनीतिक दलका प्रमुख, सक्रिय संघ संस्थाहरुका प्रमुख, बुद्धिजीबी, पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

करिब १ बजे बाट सुरु भएको औपचारिक कार्यक्रम ३ बजे सम्म चलेको थियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष टासी वांगदी लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, विशिष्ठ अतिथि सरस्वती ज्ञवाली, विशेष अतिथिहरूमा जापान स्तिथ नेपाली राजदूत महामहिम प्रतिभा राणा, गैर अवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जापानले तयार पारेको जापान वार्षिक कायविवरण मन्त्री ज्ञवालीलाई हस्तान्तरण गर्दै परिषद्का अध्यक्ष तथा सभापति लामाले जापानबासी नेपालीका अवसर र चुनौतीका बारेमा समेत मन्त्री ज्ञवालीलाई अवगत गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पछिल्लो चरणमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सम्बन्ध निकै राम्रो रहेको र संघ सम्बृद्ध नेपाल निर्माणको एउटा साझेदारी हिस्सा रहेको बताउनुभयो । जापानका लागि नेपाली राजदूत राणाले आफ्नो कार्यकालमा जापान र नेपाल सम्बन्धलाई अझै सुधार गर्ने, जापानबासी नेपालीको हकहित र दूतावासबाट हूने सरकारी कार्य सर्वसुलभ बनाउन आफुलागी परेको तर जापान आउने नेपालीको संख्या बढ़ेसंगÞै दूतावासमा कर्मचारीको संख्या अभाव भएको गुनासो मन्त्री ज्ञवाली समक्ष राख्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले आफ्नो औपचारिक जापान भ्रमण र जापान सरकारसंग हुन लागेका सम्झौताका बारेमा जापानवासी नेपालीलाई जानकारी गराउनुभयो । उहाँले अब सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गरिसकेकाले गैर आवासीय नेपालीलाई निर्धक्क भएर आफ्नो देशमा लगानी गर्न आह्वान गर्नुभयो ।

मन्त्री ज्ञवालीले नेपाल सरकारको अभियान “सुखी नेपाली समृद्ध नेपाल “भन्ने नारालाई साकार पार्न सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । मन्त्री ज्ञवालीले एनआरएनले नेपालमा पूँजी, ज्ञान, शिप र प्रबिधि भित्र्याउन सहयोग गर्नुपर्ने र त्यसका लागी आफु र आफ्नो सरकारको सँधै सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू