अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप नहुने प्रधानमन्त्री ओलीको भनाइ

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाब वा हस्तक्षेप नहुने बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्रालयका सचिब र केही मन्त्रीहरु सहित आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका नौ महिनामा सोचे जस्तो विकास हुन नसकेकोमा असन्तुष्टी व्यक्त गर्नुभएको हो । विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू