अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

संघीयताको कमजोरीले राजतन्त्र फर्किन सक्छ – जनमोर्चा अध्यक्ष केसी

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:४३ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसले अपिल गरेको छ । मंगलबार काठमाण्डौंमा आयोजित पार्टीको अवधारणापत्र सार्वजनिक कार्यक्रममा जनमोर्चाले यस्तो ठहर गरेको हो । कार्यक्रममा पार्टी बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाउनुभयो ।

अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेको उल्लेख गर्दै भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले अहिलेको व्यवस्था कमजोर हुने जनमोर्चाको ठहर रहेको छ । मुलुकको कमजोर संघीयतामाथि टेकेर राजतन्त्र व्यँतिने खतरा रहेको उल्लेख गर्दै खध्यक्ष केसीले संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ नहने ठोकुवा गर्नुभयो । कार्यक्रममा अध्यक्ष केसीले पार्टीको अवधारणापत्र समेत बाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने आबश्यकता ओल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू