अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

सरकारले स्वतन्त्र र स्वायत्त संस्थामाथि हस्तक्षेप जारी राखे आन्दोलन गर्ने कांग्रेसको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:४१ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्वतन्त्र र स्वायत्त संस्थाहरूमाथिको हस्तक्षेप जारी राखे नेपाली कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । कांग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले मंगलबार विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा वोल्दै उहाँले कम्युनिष्ट पार्टीको सरकार देश कब्जा गर्ने बाटोमा अग्रसर रहेको तर्क गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर सबैलाई तर्साउन खोजेकाले यसको विरोधमा उत्रिने सभापति देउवाको भनाई थियो ।

सरकारले केही न्यायालय, प्रहरी, सेना लगायतका स्वतन्त्र निकायमा हस्तक्षेप गरेर मुलुकमा नाम मात्रको निर्वाचन हुने परिस्थिती निर्माण गरिरहेको उल्लेख गर्दै उहाँले यस्तो रबैया नसुध्रिए आन्दोलन गरेर कम्युनिष्टबाट मुलुकलाई मुक्त गर्नुपर्ने अवस्था आउँने चेतावनी दिनुभयो । निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको सरकारबाट जनताले आश मारिसकेको देउवाको भनाई थियो । घात अन्तरघातले निर्वाचनमा पार्टी पराजित भएको स्विकार गर्दै सभापति देउवाले गुट उपगुट समाप्त गरी सबै मिलेर पार्टी एक ढिका बनाउनुको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू