अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

एडिबीले नेपाललाई ३९ अर्ब ३२ करोड उपलव्ध गराउने

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:३७ मा प्रकाशित

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थसचिव डा.राजन खनाल र एडिबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एडिबीको सहयोगमध्ये १८ करोड डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिनुभयो । एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक संजालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ । एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू