अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

नेपालको पर्यटन विकासका लागी भारतको बैंग्लोरमा बिटुबि बैंठक सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ७:५७ मा प्रकाशित

नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउदै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागी नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी संघले भारतको बैंग्लोरमा बिटुबि बैठक सम्पन्न गरेको छ । प्रतिष्ठित ट्राभल तथा टुर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटुबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको जनाइएको छ ।

सन् २०२० मा २० लाखपर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुलुक भारतको बैंग्लोरमा नेपाल पर्यटन बोर्ड होटल व्यवसायी संघ नेपाल, भारत स्थित नेपाली दुतावास तथा बैंग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा यही नोभेम्बर १९ मा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम शुरु भएको छ ।

सो बैठकमा नेपालको पर्यटन क्षेत्रको विकासका लागी नयाँ पर्यटन उद्योगको विकास, पर्यटन क्षेत्रको पहिचान तथा मुलुकको विभिन्न धार्मिक तथा संस्कृतिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिईएको थियो । साथै नेपालको विश्व सम्पदा सुचीमा परेका बिभिन्न मन्दिर, खोलानाला, ताल, हिमाल लगायतलाई अझ अन्य मुलुकको होटल तथा पर्यटन क्षेत्रमा राम्रो पहिचान बढाउने कार्यहरु गरिनु पर्ने आवश्यकता बैठकले औलाएको थियो ।

बैठकमा ३५ भन्दा बढी होटल व्यवसायीले सहभागीता जनाएको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू