अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

लिटल आइकन २०१८ सिजन-७ को विजेता भइन सेरियन बेगम

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १४:२० मा प्रकाशित

काठमाडौँ : एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन-७ को विजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निवासी १० वर्षीय सेरियन बेगम । उनले विजेताको ताजसँगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढङ्गले उत्तर दिँदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त विजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम विद्यालयमा समेत राम्रो विद्यार्थीको रूपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइ सँगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समीर खानले बताए l काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।

छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन-७ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसीयाली छाएको समाजसेवी तथा उनका बाबा समीर खानले बताए ।

प्रतिक्रिया