अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

श्रीलंकामा सर्वदलीय बैठक निष्कर्षविहीन, राजनीतिक संकट यथावत

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:५९ मा प्रकाशित

श्रीलंकामा जारी राजनीतिक संकट समाप्त गर्ने प्रयासस्वरुप राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बोलाउको सर्वदलीय बैठक निष्कर्षविहीन वनेको छ । बैठक निष्कर्षविहीन बनेसंगै तत्काल संकट टर्ने संकेत देखिएको छैन । प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि मुलुकमा संकट देखिएको थियो । तर संसदमा आफ्नो बहुमत रहेको भन्दै अपदस्थ प्रधानमन्त्री विक्रमासिंघे पदबाट हट्न मान्नुभएको छैन ।

त्यसैबीचमा राष्ट्रपति सिरिसेनाले संसद विघटन गर्नुभएको थियो । उक्त निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको थियो । यही विवादका कारण संसदमा समेत दुई पक्षका सांसदबीच कुटाकुट भएको थियो ।

यो राजनीतिक द्वन्द्वका बीच आइतबार पहिलोपटक राजपाक्षे र विक्रमासिंघे पक्षका नेताहरु बैठकमा आमने–सामने भएका थिए । बैठकमा विक्रमासिंघेको पार्टीका नेताहरुले राष्ट्रपति सिरिसिनाको चर्को विरोध गरेको थियो । विक्रमासिंघेले आफूलाई गरिएको बर्खास्तगी असंवैधानिक र अवै भएको भन्दै अहिले पनि आफू नै प्रधानमन्त्री भएको बताउनुभएको थियो ।

बैठकमा सभामुख कारु जयसूर्या पनि अनुपस्थित रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित भएलगत्तै सभामुख जयसूर्याले देश प्रधानमन्त्रीविहीन रहेको प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू