अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

नेपालकी मेनुका पौडेल भारतीय टिभी सो सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:५७ मा प्रकाशित

नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुग्नुभएको छ । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उहाँको हौसला बढाएका थिए । उहाँको प्रस्तुतीलाई जुरीका सदस्यले ९९.३ प्रतिशत अंक दिएका थिए । जज साजिद खानले मेनुकाको प्रशंसा गर्दै निकै सुन्दर तरिकाले गीत गाएको टिप्पणी गर्नुभयो । तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो । समग्रमा तपाईंको प्रस्तुती निकै शानदार लाग्यो–खानले भन्नुभयो ।

यस्तै अर्का जज शेखर दादलानीले मेनुकालाई ‘बेटा’ भनेर सम्बोधन गर्नुभयो । ‘तिमीले जसरी गाइरहेकी छौ, त्यसरी नै निडर भएर गाउ ’– दादलानीको भनाई थियो । यस्तै, बलिउडकी डिम्पल गर्ल भनेर चिनिने प्रिटी जिन्टाले पनि पौडेलको खुलेरै प्रशंसा गर्नुभएको छ । जिन्टाको प्रतिक्रिया थियो– ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो थियो ।’

यस्तै, कार्यक्रमका प्रस्तोता आदित्य नारायणले मेलुकासंग नेपाली भाषामा कुरा गर्दैै मेनुकाको प्रस्तुति एकदमै राम्रो लागेको बताउनुभयो । आदित्यले मेनुकालाई नेपाली भाषामै प्रश्न सोध्दै ‘तपाईंलाई सारेगमपमा आएर कस्तो लागेको छ ?’ भन्ने प्रश्नमा मेनुकाको जवाफ थियो– ‘मलाई एकदम खुसी लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू