अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

प्रचण्ड पुत्र स्व. प्रकाशको पहिलो स्मृति सभा सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा स्व.प्रकाश दाहालको पहिलो वार्षिकीका अवसरमा स्मृति सभा सम्पन्न भएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्रीहरु, नेकपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

आफ्ना छोराको स्मृति तथा श्रद्धाञ्जली सभामा बोल्दाबोल्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको गला अवरुद्ध भएको थियो । उहाँले छोरा प्रकाशको अल्पायूमै भएको निधनले मुलुकको राजनीतिक अवस्था या घरपरिवार सम्हाल्ने भन्ने अवस्था आएको उल्लेख गर्नुभयो । देश, जनता, नेता, कार्यकर्ताले साथ दिएकाले आफू अगाडि बढ्न सकेको भन्दै प्रचण्डले सबैमा आभार प्रकट गर्नुभयो । आफ्ना छोराको फोटोमा माल्यार्पण गर्ने क्रममा प्रचण्ड भावुक भएपछि उपस्थित सबैको मुहार मलिन भएको थियो ।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै देशका लागि राम्रो गरे प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने उल्लेख गर्नुभयो । सबै मिलेर मुलुकका लागि राम्रो काम गर्नुपर्ने उहाँको भनाई थियो । आफ्नो होनाहर छोरा दिवंगत भएपनि सम्हालिएर राजनीतिक नेतृत्वले देखाउनुपर्ने धैर्यता प्रचण्डमा देखिएको प्रधानमन्त्रीले बताउनुभयो ।

यसैवीच प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठानको घोषणा गरिएको छ । स्मृतिसभामा बोल्ने क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिष्ठानको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू