अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

राष्ट्रिय परिचयपत्र बितरण शुरु

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:४४ मा प्रकाशित

नेपाल सरकारले सोमवारदेखि राष्ट्रिय परिचयपत्र बितरण थालेको छ । पाँचथरको फिदिमकी स्थायी बासिन्दा १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारभ्म गरिएको हो । गृह मन्त्रालयले पाँचथरको फिदिममा आयोजना गरेको ‘राष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय समारोह’ मा प्रमुख अथितिको रुपमा उपस्थित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरि कार्यैक्रमको शुभारम्भ गर्नुभएको हो ।

परिचयपत्र प्रदान गरेपछि गृहमन्त्री थापाले वृद्धा भगवतीदेवी भण्डारीबाटै आफ्नो नाममा जारी भएको राष्ट्रिय परिचयपत्र लिनुभएको छ । वि. सं २०६७ सालदेखि अवधारणगत रुपमा अगाडि आएको रष्ट्रिय परिचयपत्र पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई वितरण गरिने गृहमन्त्रालयले जनाएको छ । दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनजपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने बताईएको छ ।

सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्रमा नागरिकका व्यक्तिगत र जैविक सुचना संकलन गरिनेछ । नागरिकलाई राष्ट्रिय परिचय नम्बर र बायोमेट्रिक प्रविधि सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू