अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

नेविसंघको कार्यकाल २ महिना थप्ने निर्णयमा काँग्रेस महामन्त्री शशांक कोईरालाको विरोध

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:३८ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यकाल २ महिना थप्ने निर्णयको विरोध गर्नुभएको छ । महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकको निर्णयको विरोध गर्नुभएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री कोईरालाले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।

यसअघि, आइतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो । तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको तर्क गर्दै आउनुभएको छ ।

महामन्त्री कोइराला आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुनुभएको थिएन । फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने महामन्त्री कोईरालाले बताउनुभयो । महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा पनि राख्नुभएको छ । आगामी मंसीर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उहाँको अडान छ । सो अवसरमा महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू