अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

इपीएलको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:२८ मा प्रकाशित

एभरेष्ट प्रिमियर लिग (इपीएल) को खेल तालिका सर्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच खेल हुने भएको छ । यहि मंसिर २२ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको हो । कुल ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा पहिलो दिन १ तथा दोस्रो दिनबाट लिग चरणका २/२ खेल हुनेछन् । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल भने पुस ७ गते हुनेछ । प्रतियाेिगताका सम्पूर्ण खेलहरु त्रिवी क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा देशका विभिन्न ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा अघिल्लो संस्करणकै काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू