अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

राजपाले सरकारको समर्थन फिर्ता लिँदै, मंसिर ४ गते अध्यक्ष मण्डलको बैठक वस्ने

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:५४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक यही मंसिर ४ गते बस्ने भउको छ । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने कि यथावत राख्नेबारे बैठकमा छलफल हुने राजपानिकट स्रोतले जनाएको छ ।

छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको राजपाले अहिलेसम्म समर्थन फिर्ता लिने निर्णय गरेको छैन् । राजपा महामन्त्री केशब झाले हिजोमात्रै ६ दिनभित्र सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाए आफूहरु बाध्य भएर समर्थन फिर्ता लिने निर्णयमा पुग्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू