अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

सोमबारदेखि पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:५० मा प्रकाशित

सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरि सय बढि खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिनुभयो । प्रतियोगिताले पोखरामा टेनिस विकासका लागि थप सम्भावना खुल्ने भएकाले पनि यसलाई अवसरका रुपमा लिएको उहाँको भनाई छ ।

प्रतियोगितामा सहभागि खेलाडीले नगद पुरस्कारका लागि नभई अंकका लागि प्रतिस्पर्धा गर्ने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताउनुभयो । सर्किट १ सकिए लगत्तै सर्किट २ का खेलहरु शुरु हुने छन् । दुवै सर्किटका खेलहरु १० दिनसम्म चल्नेछन् ।
होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिताको पहिलो सर्किटमा पुरुष ३२ र महिला २५ र दोश्रो सर्किटमा पुरुष ३० र महिला २२ जना खेलाडीको सहभागिता जनाउने संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न झण्डै ६ लाख खर्च लाग्ने संघका कोषाध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू