अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:४० मा प्रकाशित

कास्की, पर्वत र स्याङ्जाको संगम स्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउने भएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाईसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी केववरकार सञ्चालनमा ल्याई सक्ने उहाँको भनाई रहेको छ ।

२ हजार ५ सय १७ मिटरको उचाईमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केबलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तल रहेको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । केबलको लागत ३ अर्बको रहने परियोजनाले जनाएको छ । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू